आज :

ताजा समाचार

जाडोमा सेक्सलाई कसरी रोचक बनाउने? यसो गर्नुहोस्

  पुरुषोत्तम ढकाल    २७ मंसिर २०७६, शुक्रबार १६:००      2759 Views

काठमाडौं:  नेपाली समाजमा सेक्सलाई अझै पनि नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। प्राकृतिक प्रक्रिया मानिएको सेक्सका बारेमा नेपाली समाजमा खुलेर बहस भने कमै मात्रामा हुने गर्दछ। जीवित प्राणीको जिवन सेक्ससँग जोडिएको छ तर पनि नेपालीहरुलाई सेक्सका विषयलाई बाहिर ल्याउनै चाहँदैनन्।

कानुनले खुल्ला सेक्स, विवाहित भन्दा बाहेकको सेक्सलाई वर्जित गरेको छ। कानुनका विषयमा वहस आफ्नो ठाउँमा छ, कानुन सबैले मान्नु पर्छ तर कानुनले छुट दिएको सेक्सका विषयमा पनि नेपालीहरु अनविज्ञ जस्तै देखिन्छन्।

जुन बिषयलाई लिएर विज्ञहरु यसो भन्छन्:

मनोविज्ञ करुणा कुँवर भन्छिन्, ‘सामान्यतयः नेपालीलाई सेक्स गर्न आउँदैन। सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ। जब कि यौनमा त्यो अन्तिम कुरा हो। त्यसअघि धेरै भन्ने कुरा, ब्यवहार गर्ने कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन्।’

डाक्टर अधिकारी भन्छन्ः ‘मानिस जतिसुकै पढेको, बुझेको, देखेको, भोगेको र जानेको भएपनि उसको व्यक्तिगत र सामाजिक पृष्टभूमिका कारण उसले यौनागंहरुलाई शरिरका अन्य अंगहरु सरह मान्न सकिरहेको छैन। अनि सम्भोगलाई शरिरका अन्य आवश्यकता जस्तै हो भनी सामान्य रुपमा स्वीकार्न अझै सकेको छैन।’

जाडोमा सेक्सलाई अझ रोचक बनाउने तरिकाः

१. जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन। तर हिटर बालेर हैन यौन साथीसँग यौन जन्य कुरा गर्नुस् वा हरेक उपाय र तौर तरिकाबाट पार्टनर कपडा खोल्न तयार होस्।

२. साँझ तातो पानीले नुहाउनुहोस्। जसले गर्दा तपाईँको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नु हुनेछ भने यौन साथी सँगै नुहाउनुहोस्।

३. यौन जीवन सुखद् वनाउन डसनाको पनि उत्तिकै महत्वपुर्ण भूमिका रहन्छ। सफा र न्यानो खालको तन्नाको प्रयोगले तपाईँलाई यौन कार्यको लागि उत्प्रेरित गर्दछ।

४. फोहोर बेडिङले तपाईँको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागि उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ।

५. रातिको भोजन ९ बजेभन्दा अघि नै गर्नुहोस्। साथमा कम खानुहोस्। यसले निद्रा चाँडै लाग्न सक्छ।

६. यौनको लागि तपाईँको यो मौसम उपयुक्त हुन सक्छ। नजिक या टाढा भ्रमण पनि गर्न सक्नु हुन्छ।

७. यदि तपाईँ पहिलो पटक सेक्स गदेै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस्। यतिबेला एक–अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस्।


प्रतिक्रिया दिनुहोस