आज :

ताजा समाचार

कोरोना पोजेटिभ एक व्यक्तिको यथार्थ भोगाई

  पुरुषोत्तम ढकाल    २८ भाद्र २०७७, आईतवार १५:३०      3457 Views

उहि मानबता नहराएको मुन्छे जगदिश श्रेष्ठ

झिसमिसे गोधुली साँझले अन्धकार कालो रात्रि बोलाउँदै थियो । अचानक एम्बुलेन्सको साईरन बज्यो । पिपिई लाएको डाईभर दाई ओर्ले । सबैको भागाभाग भयो । कति जनाले घरको छतबाट हेरेर च्व च्व गर्दै बिचरा भन्दै थिए त कोही ठिक्क पर्यो भन्दै रमाई रहेका थिए । यो सबै दृष्य अफिसको झ्यालबाट सबै हेरे मँ अतालिए जो संक्रमित मेरो साथि थियो । सेतो लुगा लगाउनेले सेनिटाईजर लगाई दियो । सामान झोलामा प्याक गरेर गाडिमा हाल्यो । पहिलो पटक देखेको हुँ मैले सारसउँदो मान्छेलाई एम्बुलेन्समा हालेर लाँदै गरेको । एम्बुलेन्सको साईरान मधुर हुँदै गयो यता मेरो मुटु भित्र आगोको मुस्ला रुपि तनाबहरुको राँको बल्दै गयो । हामि २४ घण्टा संगै काम गर्न मान्छे । दिन भरी कम्पुटरको ठाँडो चलाएर कोरोना सम्बन्धि डाटाहरु बनाए ।

काम सबै सकेपछि जे मँ मा बित्यो त्यो कसैलाई नहोस । काम सकेर बेडमा पुग्दा मेरो झोला लुगाफाटा गेटबाहिर निकालिएको थियो । चौरमा एउटा पाल गाडिएको थियो । अन्धकारमय कालो रातमा आफ्नो झोला तुम्बा कसेर मँ पालमा पुगेँ एउटा खुट्टा भाँचिएको खाट हालेको रहेछ ढुङ्गाको टुक्रा हालेर ओच्छ्यान लगाएर पल्टिँए । सोचेँ दिनभर काम गर्दा नसर्ने कोरोना रातमा थकित हुँदा नै सर्ने रहेछ कि के हो ???

मँ रोगसंग भन्दा पनि मानबतासंग डराएको अनि मानबताले बिझेको पहिलो अनुभब पाँए अनायासै आँखाबाट नुनिलो पानि झर्यो । टिनिन फोनको घण्टिले झसङ्ग भए फोन उठाँए १५ महिनाको छोरीले बाबा बाबा भनि… लाग्यो कि मेरो मरेको लासलाई कसैले बोलायो झै भयो । बुढिले के भयो भनेर सोधिन टाउको दुखेको छ नानु भोली कुरा गर्छु है…. भन्दै फोन राखेँ ।

बिहान देखि पानी बाहेक केहि नखाएकोले होला पेट उमठ्यो बोलाए कसैले सुनेन । १२ बजे दिँउँसो भात ल्याए परबाट फाले । छुवाछुत प्रथा के हो भन्ने मैले दोस्रो अनुभव भोगे । कति नमिठो लाग्ने यो समाजका किराहरुको मानबता । जब कि मरो पिसिआर चेक भएको नै थिएन । पिसिआर चेक भयो रिजल्ट आयो पोजटिभ (२०७७।०५।०१) ।।। ओई तेसलाई अर्को पालमा सर भन गर्जिँदै आयो ठुलो टाउके । यो बेला ढाडस दिनुको सट्टा दोषि झै जेलको कैदिलाई झै ब्यबहार भयो । अर्को पालमा सरे । खाटमा पल्टिँए । मुख सुकेर प्याक प्याक परेँ । मुटु हल्लियो लौ न नि मलाई यो के भयो । आँखा चिम्लिए पुरै जमिन हल्लिए झै लाग्यो रिङ्गाटा लाग्यो । उठे बाथरुम हिडेँ २/४ जना कन्ट्राक ट्रेसिङ्गमा बसेकाहरुले यता नआईजो अन्त जा भनेर फर्काए । मानबताले बिझेको अर्को अनुभव थपियो ।

न मलाई केहि लक्षण थियो न केहि रोग नै । दिँउसो तराईको गर्मि अनि चर्को घाममा पालको बसाई न बति न पानि । सर्पको बिग बिगि जसो तसो छट्पटाएर रात बिताए । भोली पल्ट संगै काम गर्ने भाईलाई पोजटिभ आयो रे भन्ने सुने । एकै छिनमा फुच्चे हाँस्दै पो आउँछ दाई लाग्यो त के गर्ने भन्छ । उसको अनुहार हेरेँ मर्दै गएको आत्मबल अलिकति आस पलाए जस्तो भयो । कहिले हाँसियो कहिले रोयौ त्यो काहालि लाग्दो पलहरु 20 पानाको दिन बित्यो सेकेन्ड पिसिआर भयो । रिपोट नेगेटिभ आयो (२०७७।०५।१९) ।

देखै सबैको हातमा फुलका गुच्छाहरु हाँसो लाग्यो मलाई ए समाज फरक के पायौ ? मँ मा पोजेटिभ हुँदा पनि यै शरिर हो । नेगेटिभ हुँदा पनि यै शरिर । न मेरो सिङ्ग आयो न हातका ‍औला बढ्यो । सामाजिक अभियान्ता हुँ कामको सिलसिलामा जहाँ पनि पुग्नु यो मेरो अपराध पनि हैन । बिश्वमा महामारी फैलिएको कोरोनाले मलाई मात्र हैन सबैलाई नै सर्छ थाहा छ त । मानिसको आत्मबल गिरेको मात्र हो नत्र घातक रोग चै पक्कै होईन भन्ने मेरो भोगाई हो । चिन्ताले मान्छेलाई चितामा पुर्याएको मात्र हो । संक्रमित भईने केवल आफ्नै लापरबाहिले हो नाक मुनि माक्स नलाउ तिमि फेसन सो मा जान लागेको हैन । सामाजिक दुरी कायम गर जात्रा नदेखाउ । बाचेउ भने अँगालो नै मारे हुन्छ ज्यानको माया त होला नि । बिरामी भएर अस्पताल जाने कि सिधै बैकुण्ठ भन्ने तिमिमा भर पर्छ । शरिरको ख्याल गर परिवार आफन्त छन् बहिस्कार र लान्छना नलगाउ । पृथ्बि गोलो छ साथि पालो सबैको आँउँछ । आत्मबल बढाउ क्षमता आफै बढ्नेछ ।

पैसामा बिकेका मिडिया अनि स्वास्थ्यालय समाजका भेडियाहरुको प्रचारबाजिले त्रास उत्पन्न गरेको मात्र हो । हिजोका दिनमा रेबिज, ईगोला, एड्स, क्षयरोग लगायत धेरै रोग धेरै घातक पनि त थिए नि हैन र ? मँ आइसोलेसनमा हुँदा अहोरात्र खटिने अनि चिन्ता व्यक्त गर्नु हुने सम्पुर्ण शुभचिन्तकहरुलाई हृदय देखि नै आभारी छु । कृपया संकमण नहुनको लागि लड्नुहोस संक्रमितसंग होइन  ! कोहि कसैलाई संक्रमित भै गारो भएको खण्डमा मँ मेरो शरिरको एक मुठी रगतले तपाईंको ज्यान बचाउन सहयोग गर्नेछु ।

लेखक : जगदिस श्रेष्ठ 


प्रतिक्रिया दिनुहोस