२. हाँस्नु या मुसुक्क मुस्कुराउनु : कुनै युवतीले तपाईंलाई देखेर सँधै मुसुक्क हाँस्ने या मुस्कुराउने गर्छिन् भने तपाईंले त्यसलाई सामान्य मात्रै नसोच्नुहोस् । यसले तपाईं प्रति ती युवती विशेषरुपमा आकषिर्त छिन् भन्ने संकेत पनि गर्छ । किनकी कुनै पनि युवतीको पुरुष प्रति आकर्षीत भएको देखाउने हतियार भनेको मुसुक्क मुस्कुराउनु हो ।
३. हरेक कुरा याद राख्नु : कुनैपनि युवतीले तपाईंको हरेक कुरा याद राख्छिन् भने ती युवतीलाई तपाईंलाई मन पराउँछिन् भन्ने बुझ्नुपर्छ । उनले तपाईलाई साच्चिकै मन पराउँछिन् भने तपाईंका क्रियाकलामा ध्यान दिने मात्र नभई विभिन्न बहानामा तपाईंलाई बारम्बार हेर्ने गर्छिन् ।
४. भेट्दा या बोल्दा अनुहार रातो हुनु : यदि कुनै युवतीले तपाईं भेट्दा या बोल्दा अनुहार रातो बनाउने या हड्बडाउँने गछिन् भने पनि बुझ्नुस ति युवतीको तपाईं प्रति रुची छ ।
५. लुकी–लुकी हेर्नु : कुनै युवतीले तपाईंलाई लुकिलुकि हेर्छिन् भने ती युवती तपाईं प्रति आकर्षीत छिन् भन्ने बुझ्नुहोस् र त्यही अनुसार अघि बढ्नुस् ।