आज :

ताजा समाचार

सामाजिक सञ्जालमा यस्ता कुरा झुक्किएर पनि सेयर नगर्नुस्

  पुरुषोत्तम ढकाल    २० मंसिर २०७६, शुक्रबार १४:१०      1691 Views

के तपाईं कोही सँग सम्बन्धमा हुनुहुन्छ ? त्यसो हो झुक्किएर पनि सामाजिक सञ्जालमा तल उल्लेखित कुरा हरु सेयर नगर्नुस् । जु कुराले तपाईंको सम्बन्ध नै भताभुंग बनाउन सक्छ ।

१. व्यक्तिगत फोटो : तपाईं र तपाईंको पार्टरविच खिचिएको व्यक्तिगत फोटोहरु सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् त्यसको दुरुपयोग भएर समस्या सृजना हुन सक्छ ।

 २. झै–झगडा : सामाजिक सञ्जालमा झै–झगडा पोस्ट वा शेयर गर्दा यसले नराम्रो असर गर्न सक्छ । सम्बन्धमा सामान्य वादविवाद वा झगडा सामान्य कुरा हो । तर त्यो कुरा आन्तरिक रुपमा मिलाउनुहोस् झुक्किएर पनि सामाजिक सञ्जालमा पोष्ट नगर्नुहोस् ।

 ३. महंगो उपहार : तपाईले आफू सँग समबन्धमा रहेको व्यक्तिलाई कुनै महंगो उपहार दिनुभएको छ भने त्यसलाई पनि सामाजिक सञ्जालमा सेयर नगर्नुहोस् । त्यसले अरुको नजरमा नराम्रो बनाउन सक्छ ।


प्रतिक्रिया दिनुहोस