आज :

ताजा समाचार

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धका कृषकलाई कृषि उपकरण

  पुरुषोत्तम ढकाल    २७ फाल्गुन २०७९, शनिबार १७:५३      127 Views

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ ।

न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा मिनि पावर टिलर, ३४ वटा इलेक्ट्रिक स्प्रेयर र पानी तान्ने पम्प १० वटा वितरण गरिएको कृषि समितिका संयोजक समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो ।

नगर प्रमुख कुन्साङ लामाले कृषि सहकारी/समुहका प्रतिनिधीहरुलाई कृषि उपकरण हस्तान्तरण गर्नुभयो । उहाँले अनुदान वितरणमा दोहोरोपन नहुने भन्दै सामाग्रीहरुको उचित प्रयोग गरी उत्पादन र आम्दानी बृद्धि गर्न अनुरोध गर्नुभयो । नगरपालिकाले फलफुल बगैंचा र माटो प्रयोगशाला स्थापनानको तयारी थालेको पनि जानकारी दिनुभयो ।

नमोबुद्ध-८ स्थित उज्जवल कृषि सहकारी संस्था, नमोबुद्ध-२ स्थित गोल्मादेवी बहुउद्धेश्यीय सहकारी संस्था, नमोबुद्ध-४ स्थित कुशल महिला सहकारी संथ्स्था र वातावरण कृषक समुह, नमोबुद्ध-८ स्थित भकुण्डेवेशी विउ विजन सहकारी संस्था र नमोबुद्ध-७ स्थित सल्लेडोल कृषक समुहले ५० प्रतिशत अनुदानमा ती सामाग्री बुझेका हुन् । कृषि शाखामा कार्यरत प्राविधिक सहायक नविन अधिकारीका अनुसार, कार्यक्रम लागू भएका ती समूह/सहकारीलाई २ वटा तालिम प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस