काभ्रे: विश्वोभर फैलिएको कोरोना भाइरसको महामारीको समयमा नेपाली साहित्यमा कलम चलाउन सुरु गर्नु भएका काभ्रे जिल्लाको मिलिनियम क्याम्पसका प्रमुख विश्व नाथ अधिकारीले धेरै लेख रचनाहरु लेख्नु भएको छ।
शिक्षासेवी अधिकारी धेरै मानिसको प्रेरणाको श्रोत समेत हुनुहुन्छ । उहा नेपाली साहित्यमा “मेरो वंश” काव्य प्रकाशित गर्दै हुनुहुन्छ ।
उहाले आज सामाजिक संजाल फेसबुकमा पोस्ट गर्नुभएको गीत :
”आँसु दरर “
दुखलाई केमा राखी के गरेर जोख्ने होला
सुखलाइ कतातिर के गरेर खोज्ने होला
यस्तै चिन्ता लाग्छ मनमा किन किन छिन छिनमा
हाँस्न पनि सक्दिन म कति रुनु दिन दिनमा
आँसु दरर दाजै आँसु दरर
उडाइलग्यो हाँसोलाई परै सरर………………..१
मलाइ मात्र यस्तै हो कि अरुलाई नि जान्दिन म
किन होला आफुलाई सुख भोग्ने ठान्दिन म
आँखा पनि सुकिसक्यो दुख पीर भोग्दा भोग्दै
फेरि पनि दुखै भोग्छु किन होला छेक्दा छेक्दै
आँसु दरर दाजै आँसु दरर
उडाइलग्यो हाँसोलाई परै सरर………………..२
कसरी पो बाँध्ने होला यो मनलाई जान्दिन म
किन होला दुखलाई चाल्नी माथी छान्दिन म
किन होला आँसु झर्छ मेरो यता रोक्दा रोक्दै
कैले पाउने सुख मैले दुखलाई बोक्दा बोक्दै
आँसु दरर दाजै आँसु दरर
उडाइलग्यो हाँसोलाई परै सरर………………..३