आज :

ताजा समाचार

च्यातिएको ज्याकेट: जगदिश श्रेष्ठको यथार्थ जीवनमा आधारित (नेपाली साहित्य)

  पुरुषोत्तम ढकाल    १३ बैशाख २०७८, सोमबार १४:१३      1660 Views

काठमाडौँ : चिसो सिरेटोले चसक्क मुटु नै घोच्यो ओहो हतार हतारमा मैल त भुसुक्कै पो बिर्सिएछु ज्याकेट लगाउनलाई । आ यै थोत्रो ज्याकेट भए नि लगाई हेरौ न त भन्दै कठ्याङ्ग्रिएका हातहरुलाई दलिनको ज्याकेटको बाहुलामा कोचे । हात बाहुलाबाट अन्तै पुग्यो कारण ज्याकेट च्यातिएको थियो ।

तर ज्याकेट भन्दा बढि पनि मेरो मन च्यातियो धुजा धुजा भएर । म संग पैसा नभएको पनि त हैन नि ५ हजार जति पैसा हुँदा हुँदै पनि बाउलाई एउटा ज्याकेट लिन नसक्ने मँ जस्तो लाचार छोरा भएकोमा म आफैलाई बिस्मत लागेको थियो त्यो पलमा । के यस्तो च्यातिएको ज्याकेट लगाईराको होला हाम्रो बा ले आज पाल्दिन्छु भन्दै रिसको झोकमा बा को ज्याकेट फाल्न मलखाल्डा तिर हिँडे ।

मनलाई गह्रुगो बनाँउँदै गर्मि भएको मेरो मनको तरङ्गहरुलाई चिसो सिरेटोमा च्यातिएको ज्याकेटबाट हावाको झोकाहरुले शान्त बनाउँन खोज्दै थिए तर जसो तसो मन त सम्हालिँदै थियो, मुटुले चै जाडो भएको संज्ञा दिँदै काम्दै काम्दै चस्स चस्स मानसपटलमा रक्त संचार प्रबाह गर्दै थियो । ओहो च्यातिएको ज्याकेटमा त गोजि बाँकि नै पो रहेछ ।

चिसोले गर्दा कठ्याङ्ग्रिएका मेरा हातको औलाहरु अनायसै ज्याकेटको गोजि भित्र पसे । हातले यसो च्यातिएको कागजको टुक्रा, सुपारी, अनि टोकेर राखेको छोकडाको दानाहरु भेट्यो । जुन बाउले तलतल लाग्दा टोक्दै राख्ने गर्थे । अचानक मेरो हातको औलाले भेटिएको च्यातिएको कागजको टुक्राहरुलाई खोल्न पुगे जुन च्यातिएको कागजमा धैरै फोन नंम्बर अनि बिलहरुले कोरिएको थियो मानौ ऋणको पोका झै ।

जसमा लेखिएको थियो कि छोराको कलेजको फिस, छोरीको कलेजको फिस राशन पानी भनेर । अनि घर बँनाँउँदा लागेको ऋणहरुको हिसाब पनि रहेछ । कसैलाई थाहा नहोस भनेर कागजको टुक्रामा मात्र उतारेको रहेछन् । मन अमिलो भयो मनमा चिसो सिरेटोले भन्दा पनि त्यो च्यातिएको कागजको टुक्राहरु सियो बनेर मुटुको भित्रि कुनामा बिझे जस्तो भयो । पटक पटक के को ज्याकेट किन्नु यो बर्षलाई् यसैले चल्छ भन्दै टार्नुको कारण यो पो रहेछ । अझ मेरो लागि बाईक लिन भनेर लिएको ऋणहरुको बिल देख्दा मँ साँच्चिकै नालायक लाचार अनि आमा बाबुको बोज नै रहेछु जस्तो लायो ।

रसाएर आएका आँखालाई चस्मा पनि नखोली दुई चोरी औलाले मिच्दै सोचेँ बाउको एउटा च्यातिएको ज्याकेटबाट यति धेरै पिडाहरु फेला पारेँ भने बाउको मन भित्र कति धेरै पिडाको पोकाहरु होला ? फाल्दिँन लागेको ज्याकेटलाई बेस्सरी च्याप्दै बढा जतनले घर फर्काउने निँधो गर्दै दौडिँए । घर पुग्दा बाउले आमालाई ज्याकेट खोई भन्दै गाली गर्दै गरेको सुँने । एक्कासी मेरा आँखा नुनिलो पानीले भरियो । पाईला सारेर बा सम्म पुग्ने आँटै आएन । अगाडि आएर नँया ज्याकेट हुँदा हुँदै मेरो ज्याकेट किन लगाको भन्दै बा ले हप्काउन भयो । बा को गालि भन्दा पनि च्यातिएको ज्याकेट भित्रको च्यातिएको मनको पिडा सहन गाह्रो भयो मलाई ।

मेरी आमाले किन गालि गरेको हतारमा लगायो होला भन्दा म थचक्कै बसे अनि आमाको हात समाते चि्च्याएर रोए किनकि मलाई त्यो च्यातिएको ज्याकेट भित्रको च्यातिएको मनको पिडा सबै बाहिर पोख्नु थियो । ल, के के न गरेको जस्तो रुन्छस जा खाना खा भोली ल्याईदिँउँला भन्दै छु त तँलाई बाईक भन्दै बा अर्को तिर फर्केर गाँउँ तिर लाग्नु भयो । मँ नाई चाँहिदैन मलाई बाईक साईक  भन्दै चिच्याए । बा लाई थाहा थिएन त्यो च्यातिएको ज्याकेट भित्रको च्यातिएको कागजको च्यातिएको पिडा । हेर्दा हेर्दै तिन काल्ला तल पुगे पछि बा ले आँखामा हात लानु भयो । अनि हात त्यहि च्यातिएको ज्याकेटमा !

फेरी, भोलिपल्ट भौतारिँदै आन्दोलकारीकहाँ नै पुग्यो । खुसी भयो । किनकि त्यो जुलुस नेपाल कम्युनिस्ट पार्टीकै थियो । रातो टोपी लगाएका । सूर्य र हँसिया–हथौदाको झन्डा बोकेका थिए । उसलाई लाग्यो, अब नेतृत्व गर्ने व्यक्तिलाई भेटेर आफ्नो समस्या राखेपछि पक्कै समाधान हुन्छ। हँसिलो मुहार बनाउँदै जुलुसमा होमियो । कमरेडहरूलाई अभिवादन गर्यो । दह्रो गरी हात मिलायो । जोसियो । र, ओली मुर्दावादको नारा लगायो । त्यसो भन्दै गर्दा आफूमाथि झम्टिए कमरेडहरू । आफ्नै कमरेड भनिनेहरूबाट गोदाइ खाँदा पत्तै पाएन आखिर के भएको ? तानाशाही ओलीभन्दा हिजो त सबैले ताली बजाउँथे । ए, उसले जुलुस चिनिसक्दा नाथ्री फुटिसकेको थियो । शरीरभरि नीलडाम बसिसकेको थियो । कसैले रोकेर प्रहरीलाई जिम्मा लगाइदियो ।

‘राज नेता तथा प्रधानमन्त्री ओलीविरोधी हो यो । हेर्नुस् कपडा पनि कालै लगाएको छ । कत्रो हिम्मत हाम्रै आन्दोलनमा आएर ओलीलाई मुर्दावाद भन्छ ।’ नेता पुज्ने कार्यकर्ता बोल्यो ।

त्यो वेला ओली समर्थक जुलुस रहेछ भनी बल्ल बुझ्यो । ‘केपी ओली आई लभ यु’ ‘ओली भोलिलाई हैन, दश वर्षलाई’ ‘राजनेता ओली जिन्दावाद’जस्ता नारा चर्किरहेको थियो ।

कुटिँदा उसको ज्याकेट च्यातिएको थियो । संयोगवश, भित्री लुगा कालो रहेछ । पाइन्ट त कालै लगाएको थियो । प्रहरीले घिसार्दै जिपमा हाल्यो। हत्केलाले रगत पुछ्यो । कुहिनाको चोट फुक्यो । सोच्यो, दाङ घोराही पुग्ने मान्छे कता चौकी पो पुगियो हैट् । उसलाई आत्मग्लानि लाग्यो आफ्नै व्यवहार सम्झिरहँदा । तप्प–तप्प आँसु झार्‍यो । त्यो आँसु शारीरिक पीडाको भने थिएन ।

विपरीत दिशामा बसेकी प्रहरीले भनी– ‘तिमीजस्ता युवा कि भट्टीतिर भुलेका छौ कि नेताको तलुवा चाटेका छौ । देश बनाउन होइन, फेरि अर्को कोही तानाशाही जन्माउन लागेका छौ । तिमी देश बनाउनपूर्व स्वयं आफू बन । परिवार, छिमेकी, समाजमा मान्छे–मान्छेबीचको सम्बन्ध बनाऊ । व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठ ।’ मुमलाल घोप्टे पर्‍यो । र, ग्वाँग्वाँ रोयो ।

नेताले देशमाथि गरेको छल ठूलो हो कि गुन्जमानले मुमलालमाथि गरेको छल ठूलो हो ! मुममालजस्तैलाई छल गर्दै गुन्जमानहरू देशलाई नै छल गर्ने ठाउँमा पुग्दा हुन् कि ! मुमलालले सहरको बिचोबिच पोलमा टाँगिएको प्रधानमन्त्रीको तस्बिर किन–किन गुन्जमानको जस्तो देख्यो । आँखा मिचेर हेर्दा पनि तस्बिर उस्तै देखिरह्यो ।

लेखक: जगदिश श्रेष्ठ


प्रतिक्रिया दिनुहोस