आज :

ताजा समाचार

मौसमी रुघाखोकीले सतायो ? खानुहोस यी भोजन

  पुरुषोत्तम ढकाल    २ कार्तिक २०७७, आईतवार ०७:१४      1825 Views

काठमाडौं: मौसम विस्तारै चिसो हुँदैछ । त्यसैले अब मौसम परिवर्तनसँगै रुघाखोकीले सताउन थाल्दछ ।

तर सामान्य खानपानमा हेरफेर गर्न सकिएमा मौसमी रुघाखोकीबाट बच्न सकिन्छ । विशेषगरी मौसमी फ्लुमा झोलिलो पदार्थ खानु उचित हुन्छ ।

सुपः सुपले घाँटी र नाकमा बस्ने कफबाट छुटकारा दिलाउन मद्दत गर्दछ । यसले शरीरको जलनलाई समेत नियन्त्रण गर्न मद्दत गर्दछ । अदुवा, लसुन, बेसार तथा अन्य सब्जीहरूको हेल्दी सुप बनाउन सकिन्छ ।

भिटामिन सी युक्त खाद्यपदार्थ : भिटामिन सीयुक्त फल तथा सब्जीहरू रुघाखोकीका लाभदायी हुन्छन् । यसले प्रतिरक्षा विकास गर्दै शरीरलाई इन्फेक्सन हुनबाट बचाउँछ । गोलभेंडा, सुन्तला, मेवालाई भोजनमा सामेल गर्न सकेमा एकदमै लाभदायी हुन्छ ।

क्यामोमाइल चिया : क्यामोमाइल एक युरोपेली हर्बल हो । यसको चिया खान सकेमा राम्रो निद्रा लाग्ने गर्दछ । ओछ्यानमा जानुपूर्व एक कप क्यामोमाइल चिया खान सकेमा खोकी र रुघाबाट मुक्त गराउँदछ ।

केरा : रुघाखोकी लागेमा केरा खानु हुँदैन भन्ने एक गलत धारणा हो । केरामा पोटासियमको मात्रा राम्रो हुने गर्दछ । यसले रुघाखोकीबाट बचाउन मद्दत गर्दछ ।


प्रतिक्रिया दिनुहोस