आज :

ताजा समाचार

यस्ता समस्या हुनेले खाली पेटमा नखानुस् कागती पानी

  पुरुषोत्तम ढकाल    ७ आश्विन २०७७, बुधबार ०७:४४      2304 Views

काठमाडौँ: स्वास्थ्यका हिसाबमा कागती पानीको प्रयोगलाई निकै राम्रो मानिन्छ । अर्थात कागती पानीले धेरै किसिमका रोग भएका मानिसलाई फाइदा पुग्छ ।

यसको नियमित सेवनले वजन कम गर्न देखि अन्य समस्यालाई नियन्त्रण गर्न सघाउँ पुर्‍याउँछ। त्यस्तै छालाका समस्या भएकाहरुले पनि कागतीको प्रयोग गर्दा फाइदा पुग्छ । तर सबैलाई भने कागती पानीले फाइदा पुग्दैन ।

आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिँदै छौं ।

मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न ।

कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ । कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ ।

यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न । कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ ।

यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ । धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।


प्रतिक्रिया दिनुहोस