आज :

ताजा समाचार



विशाल बिसीको “फोन मै सल्लाह भो” बोलको गीत सार्वजनिक

  पुरुषोत्तम ढकाल    २३ श्रावण २०७७, शुक्रबार १०:०९      146 Views

काठमाडौं: युवा लोकपप गायक विशाल बिसी र करिश्मा मगरको अर्को लोकपप्प गीत सहित बजारमा देखा परेका छन् । उनले फोन मै सल्लाह भो बोलको लोक पप गीतको म्युजिक भिडियो हालै युट्युबमा सार्वजनीक गरेका हुन् ।
गायकद्वय विशाल र करिश्मालाई र्‍यापर टेकराज अकस्थीले र्‍यापिङमा साथ दिएका छन् । गायनमा भविश्य खोजिरहेका उदीयमान गायक बिसीको स्वरमा सजिएको उक्त गीतमा टेकराज अछामीको शब्द र सङ्गीत रहेको छ भने सन्तोष सुनामले सङ्गीत संयोजन गरेका हुन् ।
उदीयमान कलाकार आयुष्मा ढकाल र गायक विशाल स्वयमको अभिनय रहेको भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका हुन् । नयाँ पिँढी केन्द्रित उक्त भिडियोमा विक्रम बराल पान्डेको सिनेमाटोग्रफी रहेको छ । टेकराज अछामी युट्युब च्यानल मार्फत सार्वजनीक म्युजिक बाहेक गायक बिसीका अन्य लोकपप गीत युट्युब मार्फत सार्वजनीक भइसकेका छन् ।
भिडियो हेर्न तल दीईयको लिंकमा क्लिक गर्नुहोला।

प्रतिक्रिया दिनुहोस