आज :

ताजा समाचार



खुट्टाको औँलामा पनि यसरि देखिन्छ कोरोना लक्षण

  पुरुषोत्तम ढकाल    ५ जेष्ठ २०७७, सोमबार २१:२९      370 Views

एजेन्सी: जब ज्वरो, रुघाखोकीसँगै स्वासप्रश्वासमा अप्ठ्यारो भयो भने त्यो कोभिड १९ संक्रमणको लक्षण हुनसक्छ ।

यसले शरिरका विभिन्न अंगलाई असर पुर्याएको हुन्छ । यस संक्रमणले शरिरलाई सिथिल बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । र शरिरभित्र अंगहरु निस्क्रिय बन्न पुग्छन् ।

केही बिरामीमा भने खुट्टाको औँला सुन्हिने समस्या देखापर्ने गरेको चिकित्सकहरुले अनुभव गरेका छन् । तर कतिपय बिरामी भने संक्रमित भएर पनि किन उनीहरमा लक्षण देखिँदैन भन्ने चाहिँ अझै अस्पष्टता छ ।

कसैमा यो संक्रमण मन्द गतिमा देखिन्छ भने केही गम्भीर अवस्थामा पुग्छन् । गत साता भारतको पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष के श्रीनाथ रेड्डीले शरिरका विभिन्न अंगमा क्षति पुग्नुमा महामारी अप्रत्याशित हुनु एक कारण भएको बताएका थिए ।

चिकित्सकहरु अन्य भाइरसमा यस्तो तिव्र संक्रमण फैलने गुण नहुने बताउँछन् । साथै शरिरका विभिन्न अंगलाई एकैचोटि यसरी सिथिल बनाउने गुण पनि अन्य भाइरसमा नहुने उनीहरुको भनाइ छ ।

चिकित्सकहरु के भन्छन् भने ६० वर्ष भन्दा बढी उमेरका मानिस र दिर्गरोग लागेका बिरामीहरु कोभिड १९ संक्रमणको उच्च जोखिममा हुने गरेका छन् । यद्यपि, युवावस्था र किशोरावस्थाका मानिस पनि ठूलो संख्यामा संक्रमित छन् ।

गत अप्रिलमा केही अध्ययनले के देखाए भने, केही बिरामीमा भने अत्याधिक रुपमा ‘इम्युन सेल’ को उत्पादन पनि बढ्ने गरेको पाइएको थियो । जुन अस्वभाविक गति थियो । र हानिकारक पनि ।

यससँगै केही अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका लेख अनुसार छालामा पनि यसले प्रत्यक्ष असर देखाउने गरेको छ । ‘ब्रिटिश जर्नल अफ डर्मेटोलोजी’मा प्रकाशित लेखले यस्तै छालामा कोभिड १९ को असर बारे व्याख्या गरेको थियो ।

जहाँ पाँच अवस्थाका छालाको स्वरुपबारे चर्चा गरिएको थियो । यसवाहेक कतिपय अवस्थामा दुर्लभ किसिमका लक्षण समेत देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा