आज :

ताजा समाचार

गीतकार तथा निर्देशक दिपकराज पाठकको “तिम्रो दिलको चाबी” सार्वजनिक

  पुरुषोत्तम ढकाल    १५ फाल्गुन २०७६, बिहीबार १७:५२      2530 Views

काठमाडौं ।  गीतकार, कलाकार एबंम निर्देशक दिपक राज पाठकले आफ्ना सम्पुर्ण श्रोता दर्शकलाई नयाँ टेष्टको गीत पस्केका छन।

“तिम्रो दिलको चाबी” बोलको गीत उनले हालै निर्देशन गरेका छन । पाठकको शब्दमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज, स्वर माण्डवी त्रिपाठी, राजन श्रेष्ठको रहेको छ । झट्ट सुन्दा उदित नारायण झाको जस्तो स्वर लाग्ने राजनले २०५५ सालमा रेडियो नेपालमा स्वर परिक्षा उतिर्ण गरेका थिए ।

चर्चित नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्की लाई फिचर्ड गरिएको यस गीतलाई बासु बरालले छायांकन गरेका हुन् भिडियो लाई शिलान लम्शालले सम्पादन गरेका छन । भिडियोमा अस्वल श्रेष्ठको पनि अभिनय रहेको छ । पहिलो पटक मैले फास्ट नम्बरको भिडियो निर्देशन गरे र गीत बाट पाएको तारिफाले मैले राम्रो सफलता पाएको भान भएको छ । गीतकार एबंम निर्देशक पाठकले भने, प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको यस गीतको भिडियो गीतकार एबम निर्देशक दिपक राज पाठकको दिदि हाल क्यानडा निवासी सुश्मा खरेल श्रेष्ठलेको बिशेष सहयोगमा निर्माण भएको हो ।

भिडियो हेर्नुहोस

https://youtu.be/X7mgxfJ9ACQ


प्रतिक्रिया दिनुहोस