आज :

ताजा समाचार

यस्ता छन् बिहान सबेरै उठ्नुका फाइदाहरु

  पुरुषोत्तम ढकाल    १२ फाल्गुन २०७६, सोमबार ०६:४४      213 Views

काठमाडौं: भनिन्छ बिहान सबेरै उठ्दा आधा रोग त त्यसै पनि निको हुन्छ ।

अर्थात घाम झुल्किनु अघि उठ्दा हुने सकारात्मक भावले नै मानिसहरुमा आत्मवल समेत बढ्ने बताइन्छ । सुत्ने र उठ्ने तालिका नमिल्दा नै रोगै रोगको भय हुन्छ ।

यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै, कैयौं खालका शारीरिक रोगहरुको चपेटामा समेत परिन्छ ।

बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् ।

दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेशनको सम्भावना पनि धेरै नै कम हुन्छ ।

शोधको नेतृत्व गरेका कोलोराडो बोल्डर युनिभर्सिटीका डाइरेक्टर सेलिन वेटरका अनुसार विहान छिटै उठ्नाले कैयौ स्वास्थ्य लाभ हुन सक्छ।

छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ । राती अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ ।

निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिप्रेशन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ ।

यी हुन् बिहान सबेरै उठ्नुका फाइदाः

१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ ।
२. बिहान चाडैं उठेर कसरत गर्दा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लडप्रेसरको समस्या निम्तिदैन ।

३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

प्रतिक्रिया दिनुहोस

  • 1

    पाँचखाल नगरपालिकाले सन्चालन गरेको आइसोलेशन र क्वारेन्टाइनमा बसेका सँग भण्डारीको अन्तरक्रिया

  • 2

    इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडद्धारा एस्टन भिल्ला पराजित

  • 3

    नेपालका लागि चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

  • 4

    विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड २२ लाख नाघ्यो , साढे ५ लाख भन्दा धेरैको मृत्यु

  • 5

    आज देखि जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक यातायात खुला, मास्क अनिवार्य

  • 6

    नेकपा विवाद सहमति उन्मुख भएको नेताहरूको दाबी

  • 7

    देशभर वर्षा, केही ठाउँमा बाढी र डुबानको जोखिम रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

  • 8

    खुर्सानी लाई 3G Cutting गरि लाखौ आम्दानी गर्ने तरिका भिडियो सहित हेर्नुहोस