असार ३१, काठमाडौं | श्रीमान वा श्रीमतीमध्ये कोही एकमा यौन-इच्छा कम हुँदा सम्बन्धमै मनमुटाब सिर्जना भएको धेरै देखिएको छ | श्रीमान वा श्रीमती कोही एकलाई धित मरुन्जेल यौनमा लिप्त हुन मन हुँदा अर्कोलाई फिटिक्कै रुची नहुनुले धेरै सम्बन्धहरू टुटेका छन् | यसर्थ वैवाहिक सम्बन्ध सुन्दर बनाउन यौनको पनि मुख्य भूमिका रहन्छ | धेरैमा देखिएको समस्यालाई ध्यानमा राखी हामीहरूले यो सामाग्री तयार गरेका छौँ |
यौनइच्छा बढाउन चाहनुहुन्छ भने खानुहोस् यी चीज
१. गोलभेंडा :
गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहयोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।
२.पालुङगो :
पालुङगोको साग नियमित सेवन गर्नाले यौन-क्षमतामा वृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रवाह समेत बढाइदिन्छ ।
३. भिन्डी :
भिन्डीमा विभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरू पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा वृद्धि ल्याउँछ ।
४. प्याज:
प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन-इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।
५. ब्रोकाउली :
यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा वृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ ।
६. लसुन :
लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।
७. गाजर :
गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।
८. गान्टेमूला :
यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा वृद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।
यसका अलावा खानामा विशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो,, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।