आज :

ताजा समाचार

राजन श्रेष्ठको कविता “म र ऊ”

  पुरुषोत्तम ढकाल    ४ जेष्ठ २०८१, शुक्रबार १९:१८      583 Views

कविता: म र ऊ
म सत्य वाेल्छु,पछि पर्छु।
ऊ झुट बाेल्छ अघि बढ्छ।।

जब म काम गर्छु विवादमा पर्छु ।
ऊ भाषण छाड्छ ,वाह वाहमा पर्छ।।

म फाेहाेर नै गर्दिन ,मेराे कदर छैन।
ऊ फाेहाेर गरेर सफा गरे झैं गर्छ,उसकै मान बढ्छ।।

म काम गर्छु घाटामा पर्छु।
ऊ चाप्लुसी गर्छ नाफामा पर्छ।।

म मिहेनत गर्छु,झुपडीमा बस्छु।
ऊ दलाली गर्छ,महलमा बस्छ।।

म अध्ययन गर्छु,बेरोजगार हुन्छु।
ऊ ढुङ्गा मुढा गर्छ,नेता बन्छ।।

म अगाडि बसेर पढ्छु ,टप गर्छु खरदार हुन्छु।
ऊ पछाडि बसेर पढ्छ ,फेल हुन्छ,मन्त्री बन्छ।।

लेखक:राजन श्रेष्ठ (रत्नराज्य लक्ष्मी क्यामपस,वि ए दाेस्राे वर्ष)


प्रतिक्रिया दिनुहोस