आज :

ताजा समाचार

मण्डनदेउपुर नगरपालिकाले दियो थकाई बिदा

  पुरुषोत्तम ढकाल    ३ आश्विन २०८०, बुधबार २१:२७      1137 Views

काभ्रे: काभ्रेको मण्डनदेउपुर नगरपालिकाले थकाई बिदा दिएको छ ।

बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयमा बिहीबार थकाई बिदा दिएको हो ।

संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा सोको व्यवस्थापन गर्दा कर्मचारी तथा जनप्रतिनिधि थकित भएकाले बिहीबार बिदा दिएको नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाले बिहीबार नगरपालिकाको कार्यालय, नगर अन्तरगतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस