आज :

ताजा समाचार

भक्तपुरको इष्ट पोइन्ट एकेडेमीद्वारा एसइईमा सहभागी विद्यार्थीलाई सम्मान तथा बिदाई

  पुरुषोत्तम ढकाल    ७ श्रावण २०८०, आईतवार १६:००      143 Views

भक्तपुर: इष्ट पोइन्ट एकेडेमी स्कुल भक्तपुर कमलबिनायकले २०७९ सालको एसइई परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

हिजो (शनिबार)  एक कार्यक्रमकाबीच बिद्यालयबाट २०७९ सालको एसइई परिक्षामा सहभागी १७ जना विद्यार्थीहरु लाई सम्मान तथा बिदाई गरिएको हो ।

काभ्रेपलान्चोक जिल्लाको चण्डेश्वरी मन्दिरमा भक्तपुर नगर शिक्षा प्रमुख के पि कर्माचार्य प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । नगर शिक्षाका रामेश्वर मचामसी, विद्यालयका शिक्षक, शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो ।

ग्रेडिङ प्रणाली अनुसार “ए” प्लस ५ जना, ए १० र बि प्लस २ जनाले ल्याएका जानकारी स्कुलका प्रिन्सिपल रमेश चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

इष्ट पोइन्ट एकेडेमी स्कुल स्कुल भक्तपुर जिल्ला अन्तर्गत उत्कृस्ट नतिजा निकाल्ने बिद्यालय मध्ये छैठौं स्थानमा रहेको समेत प्रिन्सिपल श्रेष्ठले  बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस