आज :

ताजा समाचार

बुढ्यौली साहित्य समाजको कविता प्रतियोगितामा पारिजात विद्या कुन्जका बिद्यार्थीको उत्कृस्ट प्रस्तुति

  पुरुषोत्तम ढकाल    २२ जेष्ठ २०८०, सोमबार १८:२५      399 Views

भक्तपुर: भक्तपुर बुढ्यौली साहित्य समाज र क्वालिटी इङ्लिस सेकेन्डरी स्कुल चाँगुनारायण -६ को संयुक्त आयोजनामा चाँगुनारायण नगरस्तरीय अन्तरविद्यालय ज्येष्ठ नागरिकपरक विषयमा कक्षा ६ देखि १० सम्मका छात्राछात्रहरूबिच कविता प्रतियोगिता सम्पन्न भएको छ ।

भक्तपुर जिल्ला अन्तर्गत चाँगुनारायण नगरपालिका भित्रका बिभिन्न विद्यालयका विद्यार्थीहरूबाटै लेखिएका कविता उनीहरूकै आवाजमा प्रस्तुति गरिएको उक्त कार्यक्रमको सभापतित्व भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजकदीनानाथ पोख्रेलले गर्नुभएको थियो । जेरियाट्रिक अध्यक्ष कृष्णमुरारी गौतम चट्याङ मास्टरकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अतिथिहरुमा शङ्कर मानन्धर(पूर्व जिल्ला शिक्षा अधिकारी) सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिवोदन बाँसतोला, भक्तपुर बुढ्यौली साहित्य समाजका सल्लाहकार विश्वनाथ ढुङ्गेल, चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल, क्वालिटी इङ्लिस सेकेण्डरी स्कुलका प्रिन्सिपल जी.बी. खड्का, दाता व्यक्तित्व टीकाराम गेलाल हुनुहुन्थ्यो ।

सूर्यकान्त चित्रकुमारी बुढ्यौली साहित्य प्रतिभा २०८० पुरस्कार रकम रु. ५,५५५ । र प्रमाणपत्रबाट सम्मानित व्यक्तित्व साहित्यकार देवीप्रसाद मिश्र,आजका मूल्याङ्कन समितिमा बस्नुहुने व्यक्तित्व जीवनाथ अधिकारीज्यू, रामशरण कार्की र रामशरण न्यौपानेज्यू पत्रकारहरू, प्राविधिक मित्रहरू र संस्थाका अध्यक्ष लगायत पदाधिकारीज्यूहरू विभिन्न विध्यालयबाट आउनुभएका शिक्षक सहभागी विद्यार्थी, दर्शक विद्यार्थीलगायत जम्मा १५० भन्दा बढीको उपस्थिति रहेको थियो ।

चाँगुनारायण नगरपालिका अन्तर्गतका सहभागी १५ विद्यालयबाट २९ जना विद्यार्थीहरूबिचमा भएको प्रतियोगितामा गोल्डेन सुनगाभा विद्यालयकी छात्रा ऋजु गौतम प्रथम, पारिजात विद्या कुन्ज स्कुलका समीर मुसिख्वाल द्वितीय र पारिजात इङ्लिस स्कुलबाटै दीपशिखा लामिछाने तृतीय भएका थिए । पारिजात विद्या कुन्ज स्कुलका बिद्यार्थीहरुले उत्कृस्ट कविता वाचन गरेकोमा कार्यक्रममा उपस्थित सबैले प्रशंसा समेत गरेका थिए । चाँगुनारायण नगरपालिका स्थरिय हरेक कार्यक्रममा  पारिजात विद्या कुन्जले सफलता प्राप्त गर्दै आएको बिद्यालका प्रिन्सिपल बिक्रम थापाले जानकारी दिनुभयो ।

उक्त कविता प्रतियोगिता विद्यालयदेखि नै वृद्धवृद्धाप्रति साहित्यका माध्यमले भावनात्मक रूपमा बच्चाहरूलाई घुलमिल गराई पछिसम्म आफ्ना मातापिताप्रति माया सद्भाव प्रेम र दायित्वबोध गरून् भन्ने उद्देश्य राखेर सञ्चालन गरिएको थियो ।

त्यस्तै, वृद्धवृद्धाप्रति सशक्त रूपले कलम चलाउँदै आउनुभएका साहित्यकार कवि देवीप्रसाद मिश्रलाई सूर्यकान्त चित्रकुमारी बुढ्यौली साहित्य प्रतिभा पुरस्कार २०८० द्वारा सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस