आज :

ताजा समाचार

चलाल गणेशस्थानमा निःशुल्क आँखा शिविर

  पुरुषोत्तम ढकाल    २४ बैशाख २०८०, आईतवार १९:००      171 Views

काभ्रे: बेथानचोक गाउँपालिका वडा नं. ४ मा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा करिब १ सय ५० जनाले सेवा लिनु भएको छ ।

आइतबार बेथानचोक गाउँपालिका वडा नं. ४ को आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, नेपाल स्काउट बागमती प्रदेश हेटौडा, स्थानीय स्काउट कार्यालय ललितपुर तथा रेडक्रस सोसाइटी चलाल उपशाखाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको वडा अध्यक्ष कृष्णबहादुर लामाले बताउनु भयो । शिविर आएका बिरामीहरुमध्ये मोतियाबिन्दुको अपरेशन गर्नु परेमा तिलगंगा आँखा अस्पतालमा निःशुल्क अपरेशन गर्ने पनि उहाँले बताउनु भयो । शिविरबाट १० जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नु पर्ने भएको पनि उहाँले जानकारी दिनुभयो ।

अपरेशन खर्च तिलगंगा आँखा प्रतिष्ठानले निःशुल्क गर्ने र बिरामीको यातायाता, खान बस्न गाउँपालिकाले गर्ने उहाँको भनाई छ । शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको पनि वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ ।

ग्रामिण भेगमा आएर सर्वसाधारणमा सेवा पुर्याएको प्रति वडा अध्यक्ष लामाले तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, नेपाल स्काउट बागमती प्रदेश हेटौडा, स्थानीय स्काउट कार्यालय ललितपुर तथा रेडक्रस सोसाइटी चलाल उपशाखालाई धन्यवाद दिँदै भावी दिनहरुमा पनि यसप्रकारको कार्यक्रमहरुमार्फत वडाबासीमा सेवा पुर्याउदै जाने बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस