आज :

ताजा समाचार

बागमती प्रदेशमा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा १७ प्रतिशत मात्रै पुँजीगत खर्च

  पुरुषोत्तम ढकाल    १८ बैशाख २०८०, सोमबार १४:००      288 Views

हेटौँडा: बागमती प्रदेशमा यो वर्ष पनि पुँजीगत बजेट कम खर्च भएको छ ।

चालु आर्थिक वर्षको हालसम्म अवधिमा १७ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको हो । चालु आर्थिक बर्ष २०७९/८० को ९ महिना बितिसक्दा पनि १७ प्रतिशत मात्रै पुँजीगत खर्च भएको हो ।

प्रत्येक वर्ष विकास बजेट खर्च कमजोर रहँदै आएको बागमतीमा यो वर्ष पनि सोही क्रम दोहोरिने भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार विनियोजित बजेटको फागुन मसान्तसम्म जम्मा १७ अर्ब ११ करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

गत ८ महिनामा चालु खर्च ९ अर्ब २४ करोड ४२ लाख अर्थात ३४ दशमलव १४ प्रतिशत र पुँजीगत खर्चतर्फ १७ दशमलव ३६ प्रतिशत अर्थात् ७ अर्ब २६ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ ।

सरोकारवाला निकायहरुले सयौँ विकास आयोजना अलपत्र हुँदा चालु आर्थिक वर्षको ९ महिना बित्दा बजेट खर्च हुन नसकेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस