काभ्रेपलाञ्चोक: नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले नगर सम्मेलन सम्पन्न गरेको छ । पार्टीको विधान बमोजिम गर्नुपर्ने नगर सम्मेलन नगर कार्यसमितिले वैशाख १६ गते शनिवार सम्पन्न गरेको हो ।
सम्मेलन नगरबाट जिल्ला, प्रतिनिधी सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्य, नगर कार्यसमितिका पदाधिकारी, सदस्य, भातृ तथा शूभेच्छुक तथा भातृ संस्थाका प्रमुख, पदाधिकारी र कृयाशिल सदस्यहरुको सहभागिता थियो । सम्मेनलले तल्लो तहसम्म पार्टीका संरचना र गतिविधी केन्द्रीत गर्ने, बार्षिक कार्यतालिका निर्माण गर्ने, श्रमदान, अन्तरक्रिया लगायतका कार्यक्रम तय गर्ने निणर्य गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङ विभिन्न भ्रमहरु चिर्दै नेतृत्व अघि बढ्नुपर्ने तर्क गर्नुभयो । नमोबुद्ध नगर प्रमुख समेत रहनुभएका कांग्रेस नगर सभापति कुनसाङ लामाले आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेर संगठन निर्माणमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का सदस्य कमला खनाल, प्रदेश सभा १ (ख) का सदस्य रसिला खनाल, नमोबुद्ध नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नेपाली कांग्रेस नमोबुद्धका सचिव रामेश्वर अधिकारी, सहसचिव रमेश तिवारी, कोषाध्यक्ष दुर्गा लामा, १ देखि ११ वटै वडाका सभापतिहरु नेपाल शिक्षक संघ नमोबुद्धका अध्यक्ष दिनेश अधिकारी, नेपाल महिला संघ नमोबुद्धका सभापति शान्ता नराल पाठक, तरुण दल नमोबुद्धका अध्यक्ष दिपेशचन्द्र तामाङ लगायतले पार्टी र स्थानीय सरकारको समन्वयको बारेमा चर्चा गर्नुभएको थियो ।