काभ्रेपलाञ्चोक: अष्ट्रेलियाको मेलबर्नमा भएको आईटीएफ़ थर्ड ग्लोबल ताईक्वानडो प्रतियोगीतामा नेपालका खेलाडीहरुले विभिन्न पदक जितेका छन् ।
ताईक्वानडो आईटीएफ़ नेपालका संस्थापक अध्यक्ष काभ्रेका लक्ष्मण बस्नेतले मास्टर टाइटल प्राप्त गर्नुभएको छ ।
उहाँले दुई हप्ताको बिशेष तालीम पश्चात गत एप्रिल १७ तारीकमा बेलायतको लण्डनस्थित आईटीएफ़ सेन्टरमा आईटीएफ़ भाइस प्रेसिडेन्ट ग्राण्डमास्टर ट्रेवर निकोल्सले लिनुभएको परिक्षामा उत्तीर्ण भई मास्टर टाईटल प्राप्त गर्नुभएको हो ।
बिगत ३५ वर्षदेखी लगातार ताईक्वानडो खेल विकासमा लागिरहनु भएका बस्नेतले विभिन्न राष्ट्रीय, अन्तर्राष्ट्रिय तथा बिश्व ताईक्वानडो प्रतियोगीतामा समेत विभिन्न पदक जितिसक्नुभएको छ ।
उक्त ग्रेडिंग पश्चात ताईक्वानडो आईटीएफ़ नेपालका खेलाडी काभ्रेकै गायजी खड़काले इन्डीभिजुअल स्पेयरिंग माइक्रो वेट्मा रजत पदक हात पार्नुभएको छ। यहि अप्रिल २२, २३ मा (बैशाख ९ र १० गते) अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको थर्ड ग्लोबल ताईक्वानडो प्रतियोगीतामा अष्ट्रेलियन खेलाडी केभिन क्वाचलाइ फाईनलमा पराजित गर्दै खड्काले उक्त पदक जित्नुभएको हो ।
उक्त प्रतियोगिता पश्चात आयोजना भएको ‘आईटीएफ़ हल अफ फेम’मा मास्टर लक्ष्मण बस्नेतले ईन्टरनेसनल एम्बेसडर अवार्ड, गायजी खड़काले इंडोमेटिएबल स्प्रिंट अवार्ड र नेपालकै सस्मन बस्नेतले आउट स्ट्यान्डिंग ऐथलेट अवार्ड प्राप्त गर्नुभएको छ ।