आज :

ताजा समाचार

काभ्रेको खानीखोला गाउँपालिकाद्वारा कफि खेती गर्ने किसानलाई प्रतिकेजी ३५ रुपैयाँ अनुदान

  पुरुषोत्तम ढकाल    ५ चैत्र २०७९, आईतवार १८:३०      379 Views

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकाले किसानहरुलाई कफि खेती गर्न प्रेरित गर्दै अनुदान दिन सुरु गरेको छ ।

गाउँपालिकाले कफि खेतीमा आबद्ध भएका किसानहरुलाई उत्पादन  बृद्दि गर्न हौसला दिने उदेश्यले प्रति किलो ३५ रुपैयाँ अनुदान दिन सुरु गरेको हो ।

गाउँपालिकाको ‘जसको उत्पादन उसैलाई अनुदान’ भन्ने निति अनुरुप जनतालाई आर्थिक रुपमा सबल एवं आत्मनिर्भर बनाउन तथा उत्पादन बढाउन किसानहरुलाई प्रोत्साहन स्वरुप कफि खेतीमा प्रतिकिलो ३५ रुपैयाँ अनुदान दिन सुरु गरेको छ ।

खानीखोला गाउँपालिकाले हालका दिनहरुमा पालिकाको वडा नं. १ र २ का कफि किसानहरुलाई अनुदान दिन शुरु गरेको जनाएको छ । अब किसानहरुलाई खेती गर्नका लागि बिस्तारै पालिकाको प्रत्येक वडामा पुगेर किसानलाई अनुदान दिने बताइएको छ ।

गाउँपालिकामा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न किसानलाई उत्पादनमा प्रोत्साहन दिन यो कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस