काभ्रेपलाञ्चोक: शैक्षिक गुणस्तर तथा सामुदायिक सम्बन्ध बिस्तार गर्न काठमाडौँ विश्वविद्यालयकाले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहमा स्थलगत भ्रमण सुरु गरेको छ । यसरी विश्वविद्यालयको प्रतिनिधित्व गर्दै पालिकाहरुको भ्रमण गर्नुको उदेश्य के हो भन्ने सम्बन्धमा काठमाडौँ विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार माहाशाखा निर्देशक तथा प्रोफेसर किशोर खनालसँग गरिएको कुराकानी यसप्रकार छ ।
काठमाडौँ विश्वविद्यालय सामुदायिक सम्बन्ध विस्तार माहाशाखा निर्देशकको हैसियतमा यहाँ बिगत केहि महिना देखि काभ्रे जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकाको स्थलगत भ्रमणमा व्यस्त हुनुहुन्छ र यसै सिलसिलामा यहाँले अधिकांस पालिकाका प्रमुख तथा उपप्रमुख संग स्थलगत बैठक गर्नुभएको खबर हामीले प्राप्त गरेका छौ । यसरी विश्वविद्यालयकाकै प्रतिनिधित्व गर्दै पालिकाहरुको भ्रमण गर्नुको उदेश्य माथि प्रकास पारिदिनु हुन्छ कि ?
तपाइको प्रश्नको लागि धन्यवाद ! हो, यहाँले प्राप्तगर्नुभएको सूचना ठिक हो । मैले बिगत केहि महिना देखि काठमाडौँ विश्वविद्यालय सामुदायिक सम्बन्ध बिस्तार माहाशाखा निर्देशकको हैसियतमा काभ्रेपलाञ्चोक जिल्लाका अधिकांस पालिकाको भ्रमण सम्पन्न गरेको छु र त्यसै क्रममा पालिका प्रमुख तथा उपप्रमुख संग पनि बैठक गरे ।
सर्बप्रथम त यहाँ मार्फत सम्पुर्ण श्रोता तथा पाठकबृन्दहरुलाई म काठमाडौँ विश्वविद्यालयको सामुदायिक सम्बन्ध बिस्तार माहाशाखाको बारेमा छोटकरीमा केहि भन्न चाहन्छु ।
विश्वविद्यालयको सामुदायिक सम्बन्ध बिस्तार माहाशाखाले समुदाय र विश्वविद्यालयको बिचमा पुलको काम गर्दछ । यो माहाशाखाको उदेश्य समुदायमा भएका समस्यालाई विश्वविद्यालयमा भएको प्राज्ञिक जनशक्ति मार्फत समाधानका उपायको खोजि गर्दै समुदायलाई उनीहरुको समस्या समाधानका उपायको बारेमा प्रकाश पारिदिनु हो । यस अर्थमा सामुदायिक सम्बन्ध बिस्तार माहाशाखाले समाज र विश्वविद्यालयको बीचको खाडललाई कम गर्ने गर्दछ ।
समाज र विश्वविद्यालय दुवैको संयुक्त पहलमा मात्र स्थानीय समुदायको समस्याको हल हुनसक्दछ । समुदायमा विभिन्न प्रकारका समस्या हुन सक्छन् , जस्तै : बिज्ञान तथा प्रबिधि संग सम्बन्धित समस्या, समाज बिज्ञान संग सम्बन्धित समस्या, कानुन संग सम्बन्धित समस्या, स्वास्थ्य संग सम्बन्धित समस्या, शिक्षा संग सम्बन्धित समस्या, इञ्जिनियरिङ्ग संग सम्बन्धित समस्या लगाएत तमाम समस्याका समाधानका उपाय विश्वविद्यालयका प्राज्ञिक समुदाय संग हुन्छ । तसर्थ समुदाय र विश्वविद्यालय संगसंगै हिड्न सकेको खण्डमा सबैको ब्रिहत्त्कर बिकास हुने भएकाले यसै लाई मध्यनजर राख्दै काठमाडौँ विश्वविद्यालय सम्बन्ध बिस्तार माहाशाखाले कार्य गर्दै आएको छ र यहि कुराको प्रकाश पार्दै बिगत केहि महिना देखि मैले काभ्रेपलाञ्चोक जिल्लाका अधिकांस पालिकाको भ्रमण गर्दैछु ।
यसरी भ्रमण गर्ने र बैठक गर्ने क्रममा मैले पालिकाका प्रमुख तथा उपप्रमुख अत्यन्तै उत्साहित भएको र कतिपय सन्धर्भमा उहाहरुले सकारात्मक प्रतिबद्धता पनि ब्यक्त गर्नुभएको छ । जस्तै: उदहारणको लागि बेथानचोक गाउँपालिकाले टनेल इञ्जिनियरिङ्गको सुरुवात गर्नको लागि विश्वविद्यालयलाई केहि आर्थिक सहयोग उपलब्ध गराएको छ र विश्वविद्यालयले प्राबिधिक सहयोग स्वरुप अनुसन्धान सुरु गरिसकेको छ ।
त्यस्तै, गत साल हामीले विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरु लाई बिस लाख बराबरको समुदायमा आधारित भएर अनुसन्धान कार्य गर्नको लागि विभिन्न पाँच वटा अनुसन्धानका प्रस्तावनाको खुल्ला प्रतिस्पर्धाबाट छनौट गरि अनुसन्धान गराएका छौ र ति अनुसन्धानको नतिजा हामीलाई प्राप्त भैसकेको र चाडैनै हामी सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा अनुसन्धानका नतिजालाइ सार्बजनिक गर्ने छौ ।
आगामी दिनमा यहांहरुको योजनाहरु के के छन् ?
विश्वविद्यालयका विभिन्न स्कुल मार्फत प्रदान गरिने शिक्षा तथा अनुसन्धानका कार्यलाई समुदायका विभिन्न सरोकारवाला समाज संग गाढा तरिकाले जोड्न सक्ने प्रभाबकारी बिधिको बिकाश गर्ने बिषयमाथि विश्वविद्यालय नेतृत्वले विश्वविद्यालय भित्र गहन छलफल तथा चिन्तन प्रभावकारी ढंगले अगाडी बढाइरहेको छ । सोहि अनुरुप हामीले हाम्रा बिद्यार्थीहरुलाई सबै प्रकारका समुदाय, जस्तै : स्वदेश भित्रकै ग्रामिण समुदाय र सहरी समुदाय संग परिचित गराउदै ति समुदायमा रहेका बिबिध प्रकारका ब्यबहारिक तथा सैधान्तिक समस्याको अवगत गराउदै त्यस्ता समस्या संग साक्षात्कार गराउदै तिनका समाधानका उपायहरु खोजेर समस्या हल गर्ने कार्यमा सामुदायिक सम्बन्ध विस्तार महाशाखाले विश्वविद्यालय र समुदाय बीच पुल भएर सहयोगीको भूमिकामा क्रियाशील हुने छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
स्थानीय समुदायको बिकाश गर्नको लागि बिबिध बिषयमा स्थानीय तहमा प्रसस्तै अनुसन्धान गर्नु पर्ने हुन्छ। अनुसन्धान बाट प्राप्त नतिजालाइ आधार मानि बिकाशका नीति तथा कार्यक्रम बनाउदा ति नीति तथा कार्यक्रम अत्यधिक प्रभावकारी हुन्छन् साथै अनुसन्धानमा आधारित भएर बिकासका नमुना बनाउदा कम लागतमा उच्चतम प्रतिफल दिने खालका नमुना बनाउन सकिन्छ । त्यस्ता कार्यका लागि काठमाडौँ विश्वविद्यालय सक्षम छ र स्थानीय सरकार , प्रदेश सरकार र संघिय सरकार संग हातेमालो गर्न पनि इच्छुक छ भनि यहाँको प्रेस मार्फत आग्रह गर्न चाहन्छु ।