आज :

ताजा समाचार

मण्डनदेउपुर नगरपालिका वडा नं २ को धार्मिक तथा ऐतिहासिक क्षेत्र महांकाल मन्दिर सरसफाई

  पुरुषोत्तम ढकाल    ४ चैत्र २०७९, शनिबार १९:०७      323 Views

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं २ को धार्मिक तथा ऐतिहासिक क्षेत्र महांकाल मन्दिर परिसर र आसपासका क्षेत्रमा आज सरसफाइ गरिएको छ ।


सरसफाई अभियान कार्यक्रमको आयोजना मण्डनदेउपुर नगरपालिका वडा नं २ ले गरेको हो ।

सरसफाई कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख बिष्णुमणि नेपाल, बिभिन्न संघ संस्थाका संचालक तथा प्रतिनिधिहरु, सुरक्षा कर्मीहरु र अन्य सहयोगी स्थानीयवासीहरुको समेत सहभागीता रहेको वडा नं २ का वडा अध्यक्ष राजकुमार मल्लले खुल्ला पोष्ट लाई जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित भएर सरसफाई अभियानमा सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यबाद व्यक्त गर्दै यस्तो पुण्य कार्य नियमित र निरन्तर रुपमा संचालन गर्दा स्थानीयवासी खुसि हुने गरेको उहाले बताउनुभयो ।

 

 


प्रतिक्रिया दिनुहोस