आज :

ताजा समाचार

सांसदहरूलाई भोलिसम्म काठमाडौं आइपुग्न सत्ता घटक दलको निर्देशन

  पुरुषोत्तम ढकाल    २३ फाल्गुन २०७९, मंगलवार १६:१५      181 Views

काठमाडौं : सत्ता गठबन्धन दलको बैठकले सांसदहरूलाई भोलि बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले बुधबार बिहान ११ बजेसम्म सांसद्हरूलाई बुधबारसम्म उपस्थित हुन निर्देशन दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
प्रतिनिधिसभा,राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु भोलि बुधबारसम्म काठमाडौं आइपुग्नुपर्नेछ ।
बैठकपछि कांग्रेस उपसभाति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन र गठबन्धनलाई थप बलियो बनाउने विषयमा बैठक केन्द्रित रहेको बताउनुभयो । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ । आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई उठाएको छ। नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया दिनुहोस