आज :

ताजा समाचार

काभ्रे क्षेत्र नं २ प्रदेशसभा (क) बाट गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल विजयी

  पुरुषोत्तम ढकाल    ८ मंसिर २०७९, बिहीबार १९:३७      234 Views

काभ्रे: काभ्रे  जिल्लाको प्रतिनिधि सभा २ को प्रदेशसभा (क) बाट नेकपा एसका लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार नेकपा एसका लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी भएका हुन ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् । अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट लम्साल नेकपा एमाले बाट प्रदेश सभा सदस्यमा नै विजयी भएका थिए ।

लम्साल एमाले पार्टी विभाजन हुँदा नेकपा एसमा बसेका थिए । अहिले प्रदेश सभा सदस्यमा विजयी लम्साल बाम लोकतान्त्रिक गठबंधनका साझा उम्मेद्वार हुन् ।


प्रतिक्रिया दिनुहोस