आज :

ताजा समाचार

काभ्रे– १ प्रदेशसभा (क) बाट माओवादीका रत्न ढकाल विजयी

  पुरुषोत्तम ढकाल    ८ मंसिर २०७९, बिहीबार १७:३४      246 Views

काभ्रे: काभ्रे जिल्लाको प्रतिनिधिसभा १ को प्रदेशसभा (क) बाट नेकपा माओवादी केन्द्रका रत्न ढकाल विजयी बन्नुभएको छ ।

ढकालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका अनुसार माओवादी केन्द्रका रत्नढकालले २० हजार ७३० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिष्पर्धी एमालेका तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

यस अघि २०७४ मा भएको निर्वाचनमा नेकपा एमाले र माओवादिको गठबन्धधनबाट ढकाल उम्मेदवार भएको बेला पनि यहि क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस