आज :

ताजा समाचार

तेमाल गाउँपालिकाको प्रशासकीय भवन प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

  पुरुषोत्तम ढकाल    ५ चैत्र २०७८, शनिबार २०:१२      395 Views

काभ्रे: काभ्रेको तेमाल गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन गरिएको छ।
भवनको उदघाटन आज प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ। साथै उहाँले तेमाल गाउँपालिकाले शुसासनको क्षेत्रमा उदाहरणीय कार्य गर्न सकेको भन्दै प्रसंशा गर्नुभयो।
कार्यक्रममा कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू तथा तेमाल गाउँपालिकाको गाउँ-गाउँबाट ठूलो संख्यामा सर्वसाधारण पोखरीनारायणस्थान आईपुगेका थिए।
गाउँपालिकाको प्रशासनिक भवन २ बर्षको अवधिमा निर्माण सम्पन्न भएको हो।
यो भवन निर्माणमा ४ करोड ५२ लाख ४७ हजार ६५३ मा निर्माण सक्ने गरी सम्झौता भएको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस