आज :

ताजा समाचार

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

  पुरुषोत्तम ढकाल    ५ माघ २०७८, बुधबार २०:४१      385 Views

काठमाडौँ: नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ।

यस्तै हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धनका मूल्य प्रति किलोलिटर १०० रुपैयाँ वृद्धि गरेर ९९५ रुपैयाँ अमेरिकी डलर कायम गर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएकाले नेपालमा पनि वृद्धि गरिएको निगमको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस