आज :

ताजा समाचार

पिताको सम्झनामा प्रजातन्त्र सेनानीलाई सम्मान

  पुरुषोत्तम ढकाल    १३ पुष २०७८, मंगलवार २०:२७      190 Views

काभ्रे: पत्रकार प्रदिप केसीको परिवारले आफ्नो पिताको सम्झनामा स्थापना गरेको लिला मद्यमार्ग सम्मान दुई व्यक्तीत्वलाई हस्तान्तरण गरिएको छ ।

केसीका पिता लिलाबहादुर केसीको १७ औं स्मृति दिवसको अवसरमा प्रजातन्त्र सेनानी एवं नेपाली काँग्रेस पनौती नगर समितिका संस्थापक सभापती प्रेमबहादुर महाजू र बन्जारा परिवारका पुजनिय गुरु गोविन्दप्रसाद अधिकारीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरियो ।

लिला बहादुर केसीको १७ औं स्मृती दिवसको असरमा केसीकै सहकर्मी एवं सहपाठीहरुलाई सम्मान गरिएको प्रदिप केसीले जानकारी दिए ।

कार्यक्रममा बानेश्वर क्याम्पसका नेपाली विषयका प्राध्यापक कुल प्रसाद पराजुली, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरिमञ्जुश्री, लिला बहादुर केसीको धर्मपत्नि गोमा कुमारी केसी, वडा अध्यक्ष केशव बञ्जारा, काँग्रेस वडा सभापती देवराज बञ्जारा, पत्रकार मधुसुधन तिमल्सिना, छोरा प्रदीप केसी, बुहारी निर्मला केसी लगायत बञ्जारा परिवार सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस