आज :

ताजा समाचार

काभ्रेका पत्रकार केसीको सम्मान कोष निर्माण अभियानमा थापा परिवारको सहयोग

  पुरुषोत्तम ढकाल    १३ पुष २०७८, मंगलवार १९:५३      246 Views

काभ्रे: काभ्रे जिल्लाका क्रियाशिल पत्रकार प्रदिप केसीले शुरु गरेको अक्षय कोष निर्माण तथा सम्मान अभियानलाई उनका भाञ्जा निरोज थापाको परिवारले सहयोग गरेकाे छ। पञ्चायती शासन विरुद्धमा सक्रिय पनौती क्षेत्रका राजनीतिक योद्धा लिला बहादुर केसीको स्मृतिमा अभियान संचालन गरिएको हो। प्रदिप केसी लिला बहादुर केसीका जेष्ठ सुपुत्र हुन्।
केसीले संचालन गरेको अभियानमा  ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ७ घर भई हाल अष्ट्रेलिया बस्ने केसीका भाञ्जा निरोज थापाले साथ दिएका हुन् । निरोज थापाले उनका पिता धुर्व थापा र माता कल्पना थापाको तर्फबाट समेत मावली हजुरबुबा लीला बहादुर केसीको सम्झनामा पत्रकार केसी द्वारा स्थापित लीला–मध्यमार्ग सम्मान कोषका लागि रकम उपलब्ध गराएका छन्।
केसीले आफ्नो तर्फबाट कुल १ लाख रुपैंयाँको कोष स्थपना गरेका थिए। उक्त कोषमा थापा परिवारले ३ लाख ५० हजार उपलब्ध गराएको छ। उक्त कोषले बनेपामा रहेको काभ्रे क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थी छात्रवृत्तीका लागि १ लाख रुपैंयाँको अक्षय कोष स्थापना गरेको छ। केसीका अनुसार अक्षयकोषका लागि क्याम्पससँग सम्झौता भइसकेको छ।
कोष स्थापनाले क्याम्पस भर्ना भएर आवश्यक पर्ने खर्च जुटाउनका लागि समस्या परेका विद्यार्थीलाई सहयोग पुग्ने क्याम्पस प्रमुख केजी वैदारले बताए।
त्यसैगरी शब्दयात्रा प्रकाशनले गर्दै आएको शब्दयात्रा प्रतिभा सम्मानका लागि अर्को १ लाख रुपैंयाँको अक्षयकोष स्थापना भइ सम्झौता सम्पन्न भएको केसीले जानकारी दिए।
पनौतीमा रहेको भालेश्वर माविका लागि कोषले विगत २ वर्षदेखि कार्य गर्दै आएको छ। कोषले उक्त विद्यालयमा अध्ययन गर्ने गरिब परिवारका जेहेन्दार छात्राका लागि आवश्यक पुस्तक तथा एक वर्षका लागि अध्ययन खर्च ५ हजार रुपैंयाँ उपलब्ध गराउने छ। उक्त विद्यालय  लिलाबहादुर केसीले २०२५ सालमा पहिलोपटक प्रधानपञ्च हुँदा स्थापना गराएका थिए।
जिल्लामा रहेको अन्य कुनै एक क्याम्पसका लागि थप एक लाख रुपैंयाँ बराबरको एउटा अक्षय कोष स्थापना गरिने र त्यो कोष पनि कमजोर विद्यार्थी लक्षित नै हुने केसीले जानकारी दिए।
केसीले पिताको वार्षिक पुण्यतिथिको अवसर पारेर पौष १२ गते लिला –मध्यमार्ग सम्मान अन्तर्गत २ व्यक्तित्व सम्मान कार्यक्रमको आयोजना गरेको जानकारी गराएका छन्। जसमा पिता लिला बहादुर केसीलाई पञ्चायती शासनविरुद्धको आन्दोलनमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीबाट पक्राउ हुनबाट बचाइ घरमा आश्रय दिने पनौतीका प्रेम बहादुर महाजु हुन्।
उनी साविक नगरपालिकाको नेपाली कांग्रेस नगर समितिको प्रथम सभापतिसमेत हुन्। त्यसैगरी उनी लिलाबहादुर केसीका राजनीतिक सहयात्रीका रुपमा चिनिन्छन्। बञ्जारा(के.सी) परिवारले पुजेका गुरु पण्डित गोविन्दप्रसाद अधिकारी रहेका छन्। राजनीतिमा योगदान पुर्याउने महाजु तथा अध्यात्म मार्फत समाजमा  उल्लेखनीय योगदान पुर्याए बापत अधिकारीलाई सम्मान गर्न लागिएको कोषका संयोजक प्रदिप केसीले बताए।


प्रतिक्रिया दिनुहोस