आज :

ताजा समाचार

कृषि उद्यममा वर्षको १५ दिन कार्यकर्ताले श्रम गर्नुपर्ने माओवादी केन्द्रको आर्थिक नीति सार्बजनिक

  पुरुषोत्तम ढकाल    १३ पुष २०७८, मंगलवार १८:५६      81 Views

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौँ महाधिवेशन काठमाडौं जारी छ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४५ पृष्ठको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनमा पार्टीको आर्थिक नीतिबारे प्रचण्डले ‘उत्पादन र विकास निर्माणका कामबारे’ शीर्षकमा उल्लेख गरेका छन्।

यसमा स्वतन्त्र र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासको लागि उत्पादन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने उल्लेख छ। अर्थतन्त्रलाई दलाल र बिचौलियाका हातबाट जनताका हातमा ल्याउने पार्टीको मूल उद्देश्य उल्लेख गरिएको छ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने नीति, योजना र कार्यक्रमका साथ उत्पादन र विकासका कामलाई अगाडि बढाउन आवश्यक भएको औँल्याइएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘वैदेशिक परनिर्भरता, बढ्दो उपभोक्तावादी संस्कृत, भयानक व्यापारघाटा र असन्तुलन रोक्न कठोर संघर्ष अनिवार्य छ।’

यसका लागि नयाँ भूउपयोग नीतिसहित कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने गरी उत्पादन वृद्धिमा जोड, कृषिजन्य साना र ठूला उद्योग स्थापना, व्यापक रोजगारी सिर्जना, प्राकृतिक साधन र स्रोतको जनहितमा अधिकतम सदुपयोग गर्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस