आज :

ताजा समाचार

साविक विजेता मच्छिन्द्र ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

  पुरुषोत्तम ढकाल    १० पुष २०७८, शनिबार १९:४७      495 Views

काठमाडौं: साविक विजेता मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि सुनिल बलले गरेको गोल निर्णायक बन्यो । सुनिलले खेलको इन्जुरी समयमा फ्रि–किकबाट सुन्दर गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

यसअघि शनिबार नै दिउँसो भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३–१ गोल अन्तरले हराएको छ । हिमालयनको जितमा मुटम्बा पिस्टनले दुई गोल गरे । सुरेश कुमालको नाममा एक गोल रह्यो भने च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए ।

खेलको २५ औं मिनेटमा मुटम्बाले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए ।

७५ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई २–१ को स्थितिमा ल्याए । तर, खेलको ८० औं मिनेटमा सुरेशले गोल गर्दै हिमालयनलाई ३–१ को जित दिलाए । जितसँगै हिमालयनले ६ खेलमा ८ अंक जोडेको छ । च्यासलले ६ खेलमा ४ अंक जोडेको छ ।


प्रतिक्रिया दिनुहोस