काभ्रे: काभ्रे जिल्लाको नमोबुद्द नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादीको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । हिजो भएको सम्मेलनमा मिन्टु लामाको अध्यक्षतामा ६५ सदस्यीय नया नगर कमिटी गठन भएको हो । जसमध्ये नगर कमिटीमा धेरै जसो युबाहरु देखिएका छ्न ।
खुल्ला सत्र शुरु देखि चुनावी प्रक्रियामा जाने भने पनि गए राति अबेर सम्ममा उम्मेदवारी दर्ता गरेका उमेदवारहरुले आफ्नो उम्मेद्बारी फिर्ता लिएर चुनाव नगरी सर्बसहमतिमा नगर कमिटी गठन गरेको नमोबुद्द नगरका युवा नेता नीर बहादुर लामाले खुल्ला पोस्ट लाई जानकारी दिनुभयो ।
उक्त सम्मेलनबाट बाग्मती प्रदेश सम्मेलनको लागि नमोबुद्द नगरपालिकाका ५ जाना प्रतिनिधि तोकिएको समेत बताइएको छ ।