आज :

ताजा समाचार

कांग्रेस काभ्रेको जिल्ला सभापतिमा तिर्थ लामा विजयी, सबैलाई समेटेर लैजाने हुमागाईको भनाई

  पुरुषोत्तम ढकाल    १२ मंसिर २०७८, आईतवार १२:०४      325 Views

बनेपा: नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापतिमा तिर्थ लामा निर्वाचित भएका छन् । प्रतिनिधी सभा क्षेत्र नं १ का निवर्तमान सभापति रहेका लामा १६ सय ४१ मतसहित विजयी भएका हुन् । कांग्रेस केन्द्रीय सदस्य रहेका नेता शिवप्रसाद हुमागाई नेतृत्व गरेको समूहबाट सभापति बनेका उनीसहित प्यानल नै निर्वाचित भएको छ ।
जिल्ला सभापति मधुप्रसाद आचार्यले नेतृत्व गरेको रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका अच्युतप्रसाद पौडेलले ७ सय ७० मत प्राप्त गर्नुभएको छ । २५ सय ४४ मध्ये २४ सय ६७ मत खसेको थियो । ६२ सदस्यीय कार्यसमितिमा ६१ जना लामा नेतृत्वको समूहबाट निर्वाचित भएका छन् । यसअघि ४ जना सर्वसम्मत भएका थिए ।
उपसभापति पदमा रमेशप्रसाद हुमागाई, ठाकूरप्रसाद न्यौपाने, सचिव पदमा माधवप्रसाद ढकाल र गुणराज मोक्तान, सहसचिव पदमा रविन्द्रनाथ सिग्देल र समिर व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । सबै पदाधिकारी लामा नेतृत्वको समूहका हुन् ।
प्रत्येक नगरपालिकाबाट १ महिला अनिवार्यसहित ३ जना, गाउँपालिकाबाट १ महिला अनिवार्यसहित २ जना, खस आर्य खुल्ला र महिला ४/४ जना, खसआर्य महिला ४ जना, आदिवासी जनजाति खुल्ला र महिला ६/६ दलित १ जना र मधेशी वा मुस्लिम वा थारु अल्पसंख्यक वा अपांगता क्षेत्रको जिल्ला सदस्य १ जनासहित ६१ पदका लागि १ सय २१ जनाको उम्मेदवार परेको थियो ।
कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले निर्वाचनपछि सबै टिमको अन्त्य भएकोले सबैलाई समेटेर लाने बताए । सभापति निर्वाचित लामाले लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा भएकोले सबैको जित भएको बताए ।


प्रतिक्रिया दिनुहोस