आज :

ताजा समाचार

नेपाली काङ्ग्रेसको भोलि हुने केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ढकालको उम्मेदवारी

  पुरुषोत्तम ढकाल    ५ मंसिर २०७८, आईतवार १८:२०      117 Views

काभ्रे: भोलि हुने नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा काभ्रे जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ को निर्वाचनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि (खुल्ला) पदमा माधव प्रसाद ढकालले आज आफ्नो उम्मेदवारी दिएका छन् ।

ढकाल काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं.१ रानीवन स्थायी घर भइ हाल भक्तपुर बस्दै आएका छन् । बिधार्थी जीवन देखि नै  बिगत लामो समय देखि नेपाली काँग्रेसका सक्रिय नेता हुन् ।

भोलि ६ गते हुने काँग्रेसको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा आफुलाई मत दिएर युवाको प्रतिनिधित्व गराउन ढकाले आफु निकट सबैलाई आव्हान समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस