आज :

ताजा समाचार

अचारमा प्रयोग गरिने सिलाम खेतीबाट यसरि लाखौं रुपैयाँ आम्दानी गर्नुहोस

  पुरुषोत्तम ढकाल    १ मंसिर २०७८, बुधबार १८:१९      1356 Views
काठमाडौँ: सिलाम गाउँ घरमा खेती गरिने एक तेलहन बाली हो यसको बोट तथा फल एकदम बास्नादार हुन्छ। दाना सेता वा काला दुवै किसिमका हुन्छन्। यसलाई मूख्य रूपमा अचारमा छोपको रूपमा र तेलहनको रूपमा प्रयोगमा ल्याइन्छ। यो एक फुल फुल्ने किसिमको बिरुवा हो यो रुखको टूप्पोमा रहेको साना आकारमा रहेको खाली ठाउँ हुन्छ र त्यही फल्दछ र पछि त्यसलाई झारेर सफा गरेर अनि भुटेर खाने गरिन्छ । सुगन्धित वनस्पति सिलामको अंग्रेजी वा वैज्ञानिक नाम पेरिल्ला (Perilla) हो । यो मिन्ट ( mint ) परिवारको नेपटियोडी (Nepetoídeae) वर्गमा पर्दछI यसको फलबाट तेल निकाल्न र छोप बनाउन मात्र प्रयोग गरिन्न, यसको कलिलो पातलाई खानाको परिकाहरुसंग मिलाएर खाँदा शरीरमा चाहिने गुणकारी तत्वहारु पाइने भएकोले पुर्बका विभिन्न देशहरु जस्तै कोरिया, जापान, इन्डोनेसिया, फिलिपिन्समा परिकारको अभिन्न अंगको रुपमा उपभोग गरिछ । बजारमा खाइने खाजा मः म को साथी अचार बनाउन सिलामको प्रयोग औधी राम्रो मानिने गरेको छ। अचारमा प्रयोग गरिने छोपमा सिलाम महत्वपूर्ण मानिने गरेको छ । सामान्यतय कालो र सेतो गरि दुइ प्रजातीको रहने सिलाम धेरैजसो सेतो लोक प्रय मानिन्छ । यसैगरि धानको चामल र सिलाम मिसाएर मंसिरको पन्ध्रमा काचै खाने सास्कृतिक चलन पनि रहेको छ ।
सिलाम खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

https://www.youtube.com/watch?v=ZlATEZ1oEZA


प्रतिक्रिया दिनुहोस