आज :

ताजा समाचार

सरकारद्वारा भोलि राति १२ बजेदेखि लागु हुनेगरी संसद अधिवेशन अन्त्यको सिफारिस

  पुरुषोत्तम ढकाल    ११ कार्तिक २०७८, बिहीबार १८:४५      70 Views

काठमाडौं: सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । भोलि राति १२ बजेदेखि लागु हुनेगरी आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई  सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

संघीय संसदको चालु नवौँ अधिवेशन प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण चल्न सकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस