आज :

ताजा समाचार

आईसीसी टी–२० विश्व कपमा इङ्ग्ल्यान्डकाे लगातार दाेस्राे जित

  पुरुषोत्तम ढकाल    १० कार्तिक २०७८, बुधबार २०:०५      93 Views

काठमाडौँ: आईसीसी टी–२० विश्व कप अन्तर्गत सुपर १२ काे आज बुधवार भएकाे खेलमा इङ्ग्ल्यान्डले बङ्गलादेशलाई हराएकाे छ ।

आबुधाबीमा बङ्गलादेशले दिएकाे एक सय २५ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले मात्र दुई विकेट गुमाएर १४ ओभर १ बलमा भेटायाे । इङ्ग्ल्यान्डका लागि जेसन राेयले ६१ रन बनाए । त्यस्तै डेभिड मलनले अविजित २८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका शाेरिफुल इस्लाम र नसुम अहमदले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे बङ्गलादेशले २० ओभरमा नाै विकेट गुमाएर एक सय २४ रन बनायाे । बङ्गलादेशका लागि कप्तान मुशफिकर रहिमले २९ रन बनाउँदा नसुम अहमदले नाै बलमा अविजित १९ रन बनाए । बलिङतर्फ इङ्ग्लयान्डका ट्यामल मिल्सले तीन, माेइन अली र लायम लिभिङस्टाेनले दुई/दुई विकेट लिए ।

आजकाे जितसँगै इङ्ग्ल्यान्ड दुई खेलमा चार अङ्क बटुल्दै अङ्क तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । बङ्गलादेश भने दुई खेलमा नै अङ्कविहीन छ ।

प्रतिक्रिया दिनुहोस