आज :

ताजा समाचार

यो वर्षको दशैँका लागि खसीबोकाको मूल्य प्रतिकिलाे ६ सय ४० रुपैयाँ तोकियो

  पुरुषोत्तम ढकाल    २३ आश्विन २०७८, शनिबार २०:३८      70 Views

काठमाडौँ: चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षको दशैँका लागि खसीबोकाको मूल्य एक किलाेकाे ६ सय ४० रुपैयाँ तोकेको छ ।

कम्पनीले काठमाडौँको थापाथलीमा रहेकाे आफ्नै कार्यालय परिसरमा प्रतिकिलाे ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी, बोकाको मूल्य दशैँका लागि प्रतिकिलाे १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गर्नु भयो । उहाँले खसी, बोकाको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।

यस्तै कम्पनीले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ । कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस