आज :

ताजा समाचार

काभ्रेको धुलिखेल र भक्तपुरको चाँगुनारायणबाट १५ जना जुवाडे पक्राउ

  पुरुषोत्तम ढकाल    १६ आश्विन २०७८, शनिबार २०:२६      179 Views

काभ्रे : काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–९ रानाछापस्थित होटलमा तास खेलिरहेको अवस्थामा ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङ र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरियागाउँ बस्ने सुमन तामाङको घरमा तास खेलिरहेको अवस्थामा ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस