आज :

ताजा समाचार

काभ्रेमा काँग्रेसको नगर अधिवेशन भोलि हुदै, हार्ने डरले सभापतिद्वारा अधिवेशन स्थगितको हल्ला

  पुरुषोत्तम ढकाल    ८ आश्विन २०७८, शुक्रबार २२:१६      1627 Views

काभ्रे: काभ्रे जिल्लामा नेपाली काँग्रेसको गाउँ तथा नगर अधिवेशन भोलि हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएपछि अन्तिम समयमा चुनाव हार्ने डरले नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले पालिका अधिवेशन स्थगित भएको सूचना जारी गरेको जिल्ला सचिव दिनेश लामाले बताउनुभयो ।

निर्वाचिन अधिकृत राजेन्द्र लामिछाने बेपत्ता भएका र मतदाता नामावली प्रकाशन नगरेको भन्दै सभापति आचार्यले अधिवेशन स्थगित गरेको घोषणा गरे पनि भोलि निर्वाचन हुने सचिव लामाले बताउनुभएको छ ।

सचिव लामाले निर्वाचन अधिकृत बेपत्ता नभएको र आफ्नो काम गरिरहेको जानकारी दिदै चुनाव हार्ने मानसिकता बोकेकाहरुले यस्तो हल्ला फैलाएको बताउनुभयो ।

त्यस्तै जिल्ला निर्वाचन अधिकृत राजेन्द्र कुमार लामिछानेको भनाई अनुसार नेपाली कांग्रेस काभ्रेको भोलि हुने १३ वटै स्थानीय तहको अधिबेशन स्थगित नभएको जानकारी गराईएको छ ।


प्रतिक्रिया दिनुहोस