आज :

ताजा समाचार

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन: काभ्रेको मण्डनदेउपुरका १२ वडामा वडा सभापति निर्विरोध

  पुरुषोत्तम ढकाल    ५ आश्विन २०७८, मंगलवार २१:४८      654 Views

काभ्रे: नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा १२ वटा  बडाका सभापति तथा क्षेत्रीय प्रतिनिधी निर्विरोध निर्वाचित भएका छन् ।

आज सम्पन भएको  वडा अधिवेशनमा नगरपालिकाको  वडा नं ८ मा खुल्ला क्षेत्रीय प्रतिनिधी बाहेकका सबै पदमा निर्विरोध चयन भएको बताईएको छ ।

त्यस्तै आज भएको मतदान प्रकृयाबाट वडा नं १ सभापति सुमन तामाङ, वडा नं २ राजकुमार मल्ल, वडा नं ३ रेणु बजागाई वडा नं ४ धुव्र तिमल्सिना वडा नं ५ मा सागर लामिछाने, वडा नं ६ मा कुमार ढकाल वडा नं ७ मा नारायण सापकोटा वडा नं ८ मा तिलक गुरागाई वडा नं ९ मा माधव नेपाल, वडा नं १० मा हरिबहादुर श्रेष्ठ, वडा नं ११ मा दिपेन्द्र तामाङ र वडा नं १२ मा ज्ञानेन्द्र पराजुली निर्विरोध निर्वाचित हुनु भएको नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस