आज :

ताजा समाचार

नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

  पुरुषोत्तम ढकाल    ५ आश्विन २०७८, मंगलवार २१:०३      511 Views

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले कतारमा ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग आइतबार कतार युनिभर्सिटी मैदानमा खेल्नेछ ।

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेको छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

साफ च्याम्पियनसिपका लागि नेपाली टोली कतारबाट माल्दिभ्स जाने छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालको पहिलो खेल मालेस्थित फुटबल स्टेडियममा असोज १५ मा हुनेछ ।


प्रतिक्रिया दिनुहोस