आज :

ताजा समाचार

सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलायो

  पुरुषोत्तम ढकाल    ५ आश्विन २०७८, मंगलवार २०:५०      164 Views

काठमाडौं: सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस