आज :

ताजा समाचार

काभ्रेको नगरकोटमा निः शुल्क आँखा शिविर सम्पन्न

  पुरुषोत्तम ढकाल    ३ आश्विन २०७८, आईतवार १९:३२      95 Views

काभ्रे: काभ्रे र भक्तपुर जिल्लाको सिमाना नगरकोटमा आज निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

नगरकोट नाल्दुम पर्यटन बिकास समितिको आयोजनामा सम्पन्न भएको निः शुल्क आँखा शिविरबाट स्थानीय ४ सय ६२ जनाले लाभ लिएको बताईएको छ ।

निः शुल्क आँखा शिविर सम्पन्न गर्न काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, नगरकोट जेसिस, नेपाल सैनिक वार कलेज,डा.सुरज श्रेष्ठको समुह तथा श्री महाँकाल मा.बि ले सहयोग गरेको बताईएको छ ।

त्यस्तै प्रहरी प्रभाग नगरकोट, बालुवापाटि प्रहरी युनिट, पर्यटक प्रहरी तथा रेडियो नगरकोट लगाएत स्थानीय र पर्यटन व्यवसायीहरुले समेत सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस