आज :

ताजा समाचार

काभ्रे जिल्लामा मास्क अभियान सञ्चालन

  पुरुषोत्तम ढकाल    २ आश्विन २०७८, शनिबार १९:३०      566 Views

काभ्रे: काभ्रे जिल्लामा स्वास्थ्य मापदण्ड पालना गर्न खबरदारी गर्दै मास्क अभियान सञ्चालन भएको छ ।

‘मेरो लागि, परिवारको लागि र समाजको लागि’ भन्ने मुल नाराका साथ भएको अभियानका सहभागीले कोभिड जोखिम कम गर्न सबैलाई सचेत हुन आव्हान गरेका छन् ।

स्वास्थ्य मापदण्डको पालनामा ध्यान नदिने हो भने जुनसुकै बेला संक्रमण फैलन सक्ने जोखिम रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न उनीहरूले आग्रह गरेका छन् । मानिसको चहलपहल हुने बसपार्क, मन्दिर परिसर लगायतका स्थानमा मास्क वितरण गरिएको छ ।

यस्तै सार्वजनिक सवारी साधनमा कोरोना भाइरसको संक्रमणबाट बच्न उपनाउनुपर्ने सन्देशमूलक भनाइ अंकित स्टीकर टाँस्ने र यात्रुलाई मास्क वितरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस