आज :

ताजा समाचार

गोकुल बाँस्कोटाले भ्रम फैलाए, हामी एमालेमा प्रवेश गरेका छैनौ: मण्डनदेउपुर काँग्रेस कार्यकर्ता

  पुरुषोत्तम ढकाल    २८ भाद्र २०७८, सोमबार १९:१३      204 Views

काभ्रे: काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ११ जैसीथोकका नेपाली काँग्रेसका कार्यकर्ताहरुले आफूहरु नेपाली काँग्रेस पार्टी मै रहेको बताएका छन ।

हिजो (आइतबार) नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो घर लोकनथलीमा बोलाएर निवासमा स्वागत छ भन्दै टिका र खादा लगाएको फोटोलाई काँग्रेस छाडेर एमालेमा प्रवेश गरेको भन्दै प्रचार गरेपछि काँग्रेस कार्यकर्ताले उक्त भ्रममा नपर्न अपिल गरेका छन।

मण्डनदेउपुरका मेयर टोकबहादुर वाइवाले जैसीथोकको विकास निर्माणमा चरम भष्ट्रचार गरेको र स्थानीयको चासो कम भएको भनि छलफलका लागि बाँस्कोटाले बोलाएको भन्दै सुमन तामाङले काँग्रेस कार्यकर्तालाई बाँस्कोटाको घर पुर्याएको सुशान तामाङले जानकारी दिएका छन् ।

“हामी विकास निर्माणको छलफलका लागि गएका थियौ, त्यहाँ पुगेपछि बाँस्कोटाले हामीहरुलाई खादा लगाइदिनुभयो, त्यसपछि परिचय हुँदा हङाम्रो नाम टिपेर राखिएको थियो । पछि न्युजमा त काँग्रेस छाडेर एमालेमा प्रवेश भन्ने पो देख्दा अचम्म लाग्यो” तामाङले भने ।

नेपाली  काँग्रेस छाडेर एमाले गएको भनि प्रचार गरिएका सुशान तामाङ, तिलकबहादुर तामाङ, कृष्णबहादुर तामाङ, सन्तबहादुर तामाङ, पासाङ तामाङले आफूहरुले नेपाली काँग्रेस नछाडेको बताएका छन ।

त्यसैगरी जैसीथोक कै गणेश तामाङ, सत्यमान तामाङ, तीर्थबहादुर तामाङले पनि आफूहरु काँग्रेस मै रहेको विज्ञप्ती मार्फत जनाएका छन ।

उनीहरुले एमाले नेता एवम् पूर्व मन्त्री बाँस्कोटाले आफ्नो चरित्र हत्या गरेको भन्दै आफूहरु एमालेले गरेको भ्रमबाट मुक्त भै आफूहरुको आस्था र विश्वासको पार्टी नेपाली काँग्रेसमा मै रहेको घोषणा गरेका छन ।

प्रवेश गरिएका भनिएका काँग्रेस कार्यकर्ताहरुले महासमिति सदस्य ठाकुरप्रसाद न्यौपाने र मण्डनदेउपुर नगरपालिका वडा न ११ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका दिपेन्द्र लामा समक्ष आफूहरु नेपाली काँग्रेस पार्टी मै रहेको भन्दै विज्ञप्ती निकालेका थिए ।


प्रतिक्रिया दिनुहोस