आज :

ताजा समाचार

दिपेन्द्र श्रेष्ठको सहयोगमा काभ्रे जिल्लाको मण्डनदेउपुर २ मा वडा कार्यालय भवन निर्माण

  पुरुषोत्तम ढकाल    २५ भाद्र २०७८, शुक्रबार १३:४८      708 Views

काभ्रे: काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा नेपाली काँग्रेस मण्डनदेउपुर वडा नं २ को वडा कार्यसमिति भवन निर्माण भएको छ ।
साविक बालुवापाटि देउपुर गाउँ कार्यसमिति हाल मण्डनदेउपुर वडा नं २ को भवन साविक गाविस कार्यसमितिका पुर्व सह-सचिव रहेका उदयमान व्यवसायी दिपेन्द्र श्रेष्ठले निर्माण गर्नुभएको हो ।

करिब १० लाख रुपैया लागतमा बनेको मण्डनदेउपुर वडा नं २ को वडा कार्यसमितिको भवन काभ्रे जिल्लामै सम्भवत यो पहिलो हो।
त्यस्तै कार्यालयमा आवश्यक पर्ने फर्निचर व्यवस्थापन युवा सजगता अभिनय बागमती प्रदेश सदस्य राजेन्द्र थिङले गर्नुभएको नेपाली काँग्रेस मण्डनदेउपुर नगरपालिका काभ्रे जिल्ला आमन्त्रित जिल्ला कार्यसमिति सदस्य कमल तामाङले खुल्ला पोष्ट लाई जानकारी दिनुभयो।

बिगतका दिनहरुमा कुनै बैठक बस्नुपरे कहिले होटल, कहिले खुल्ला चौरमा कार्यक्रम र बैठक गर्दै आएकोमा अहिले भवन निर्माण पछि घाम र पानीबाट ओत लाग्न पाएको भन्दै काँग्रेस कार्यकर्ताहरु खुशी भएका छन् ।


प्रतिक्रिया दिनुहोस